महासंघ व्यक्तिगत दाईजो हुनै सक्दैन

पत्रकारहरु वीच बेला बेलामा देखिने उतार चढावले जिल्लाका सवैलाई अचम्मित पार्ने काम गर्दछ । अरुलाई खबरदारी गर्ने महत्वपुर्ण जिम्मेवारी पाएका पत्रकाहरुले कहिले काँही आफुवीचमै खबरदारी आदान प्रदान गर्नुपनि समाजको लागि राम्रो काम हो भन्नेमा दुईमत राख्न मिल्दैन् ।
बिषय र प्रसंङ्गको कुरा एकातिर होला तर व्यक्तिगत पुर्वाग्राही तरिकाले कसैले पनि साझा संस्था संचालन गर्न सक्छु भन्नु मुर्खता बाहेक केही हुँदैन् । साझा संस्थाहरुमा वीजयी हुनेहरु सवै जनताकै मतबाट आएका हुन्छन् चाहे त्यो अध्यक्ष होस् चाहे त्यो सदस्य मात्र किन नहोस् । अध्यक्षले मात्रै सर्वोपरि गर्छु भनेर हैकम लाद्नु आफै एक्लो हुनु बाहेक अरु हुँदैन् ।
पत्रकार महासंघको चुनाव सकियो चुनावपछिको परिणामलाई कसैले सहज लिए कसैले असहज लिए । उपाध्यक्ष, सचिव कोषाध्यक्ष र बहुमत सदस्यहरुको कुरा नसुनेर नीति भन्दा बाहिर गएका अध्यक्ष नमन शाहीलाई अन्ततः एकलौटी चल्दो रहेनछ भनेर कार्यसमितिका पदाधिकारीहरुले नै देखाईदिएका छन् । अहिलेसम्म आधिकारी खाता नखोल्नु तर पत्रकार महासंघको नाम बेचेर विभिन्न क्षेत्रबाट रकम ल्याएपनि त्यसको सवैमा जानकारी नगराएको आरोप लगाएका कार्यसमितिका बहुमत सदस्यहरुको चित्त बुझ्दो जवाफ दिन नसके झनै समस्या उत्पन्न हुन सक्ने देखिन्छ ।
अध्यक्ष र उनका सल्लाहकारहरु यती सम्म पुर्वाग्राहि भएको देखिएको छ की तत्कालिन समयमा पत्रकार डेकेन्द्रराथ थापाको शव उत्खनन्मा महत्वपुर्ण योगदान पुर्याएका पुर्वअध्यक्ष बिष्णु शर्माको स्मारिकामा नाम समेत उच्चारण गर्न नसक्नुले दरिद्र मानसिकताबाट ग्रसित भएको प्रसंङ्गले समेत उहिले चर्चा कमाएको छ ।
सम्झौता विना रकम असुल गर्ने परिपाटीले जिल्लामा व्यवसायीक रुपमा काम गरिरहेका अन्य पत्रकाहरुलाई समेत प्रश्न चिन्ह खडा भएको छ । अराजक गतिविधीहरु तत्काल बन्द नगरेमा विशेष साधारण सभा वा अविश्वासको कुरा समेत नआउला भन्न सकिदैन् ।
निर्वाचित पदाधिकारी सवैको समान दायित्व हुन आउँछ । सवैलाई आ आफ्नो अधिकार स्थापित गर्न नसक्नु नेतृत्वको कमजोरी हो यस्ता कमजोरी तत्काल सच्याएर आपसी     समझदारी कायम गरि अगाडी बढ्न सके मात्र साझा संस्थाको मान र सम्मान बढ्ने देखिन्छ ।
पत्रकार महासंघ सबैको साझा संस्था हो कुनै एउटा व्यक्तिले मेरो मात्रै हो भनेर कार्यालय प्रमुख लगायतका निकायहरुलाई धम्क्याउने रकम असुल्ने प्रवृतीको अन्त्य हुनु पर्दछ । कसैको व्यक्तिगत दाईजो हो भन्ने भ्रम नपाल्न आग्रह ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार